kumari
stcnepal

प्रधानमन्त्री दाहाल, एमाले अध्यक्ष ओली र गृहमन्त्री लामिछाने बीच भेटवार्ता, संसद खुलाउने बिषयमा छलफल

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली र उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेबीच भेटवार्ता भएको छ । उहाँहरुबीच सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पौने पाँच बजेदेखि कुराकानी भइरहेको छ । यसअघि झण्डै एक घण्टा प्रधानमन्त्री र गृहमन्त्री लामिछानेबीच कुराकानी भएको थियो । प्रधानमन्त्री चितवनबाट फर्केलगत्तै भेटवार्तामा सहभागी हुनुभएको हो ।

भोलि बोलाइएको संसदको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै हुनुहुन्छ । तर, प्रमुख विपक्षी दल नेपाली काँग्रेसले भोलिको बैठक पनि अवरुद्ध पार्ने चेतावनी दिएपछि प्रधानमन्त्री आगामी रणनीति तय गर्न भेटघाटमा व्यस्त हुनुभएको हो । काँग्रेस सहकारी ठगी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री लामिछाने मुछिएकाले संसदीय छानबिन समिति गठन नभएसम्म संसद बैठक सुचारु गर्न नदिने अडानमा छ ।

footer