kumari
stcnepal

कांग्रेस नेता र प्रधानमन्त्री प्रचण्ड बिच छलफल

काठमाडौँ । संसद्को गतिरोध अन्त्यका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बिहानैदेखि सक्रिय भएका छन् । उनले अहिले नेपाली कांग्रेसका नेताहरूसँग बालुवाटारमा छलफल गरिरहेका छन् ।

संसदीय दलको बैठकअघि प्रधानमन्त्रीसँग छलफलका लागि कांग्रेस महामन्त्री गगन थापा र प्रमुख सचेतक रमेश लेखक बालुवाटार पुगेका हुन् । संसद्को गतिरोध अन्त्यका विषयमा छलफल गर्न प्रधानमन्त्री प्रचण्डको बोलाहटमा बालुवाटार पुगेको प्रमुख सचेतक लेखकले जानकारी दिए । आज अगामी आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रम सदनमा पेस गर्ने कार्यसूची रहेकाले प्रधानमन्त्रीले सहमतिका लागि कांग्रेस नेताहरूसँग छलफल गर्न लागेका हुन् ।

 

footer