kumari
stcnepal

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल संसदमा प्रतिपक्षको बेन्चमा बस्दै

काठमाडौँ । सरकारबाट बाहिरिएको उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल आजदेखि संसदमा प्रतिपक्षको बेन्चमा बस्दै छ । दिउँसो ३ बजे बस्ने सङ्घीय संसद्को संयक्त बैठकमा सरकारबाट बाहिरिएसँगै प्रतिपक्षको बेन्चमा बस्न लागेका हुन् ।

सोमबार पत्रकार सम्मेलन गरी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रीबाट यादवले राजीनामा गर्दै सरकारलाई दिएको समर्थन फिर्ता लिएका थिए । गत वैशाख २३ गते अशोक राईको नेतृत्वमा जसपा नेपाल विभाजन भई निर्वाचन आयोगमा दर्ता भएको थियो । राईको पक्षमा ७ सांसद लागेका छन् भने यादवको पक्षमा ५ सांसद रहेका थिए ।

जसपा नेपालबाट विभाजन भएर बनेको जसपाले पनि सरकारलाई समर्थन गरेको र सरकारमा जाने तयारी गरेपछि पार्टी अध्यक्ष उपेन्द्र यादवले मन्त्रीपदबाट राजीनामा दिएका थिए । त्यसलगतै प्रधानमन्त्री प्रचण्डले विभाजन भएको दलबाट प्रदीप यादवलाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रीमा नियुक्त गरेका थिए ।

footer