kumari
stcnepal

आगामी वर्षमा रोजगारी र उत्पादकत्वलाई प्राथमिकतामा

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षमा रोजगारी वृद्धिलाई प्राथमिकतामा राखेको घोषणा गरेको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपतिले आगामी वर्षमा रोजगारी र उत्पादकत्वलाई प्राथमिकतामा राखेको बताएका हुन् ।

उनले उत्पादन बढाएर आयात प्रतिस्थापन र निर्यात वृद्धि गर्न तथा देशभित्र रोजगारी सृजना गर्न तीनै तहका सरकारबिच साझेदारी कार्यक्रम सञ्चालन गर्ने घोषणा गरे । यसबाहेक विभिन्न क्षेत्रमा रहेका उत्पादनसँग सम्बन्धित कार्यक्रमलाई एकीकृत बनाइने छ ।

कृषि क्षेत्रको उत्पादकत्व वृद्धि, बजारीकरणलाई एकीकृतरुपमा कार्यान्वयनमा ल्याइने छ भने कृषि पशुपन्छीपालन र वनको अन्तरसम्बन्धता स्पष्ट पार्नेगरी भू-उपयोगमा आधारित कृषिमा आधारित अर्थतन्त्र विकास गर्ने सरकारको योजना छ ।

footer