kumari
stcnepal

आगामी आर्थिक वर्ष कर प्रणालीलाई व्यवस्थित र सुदृढ बनाउँदै दायरा बढाउने

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्ष कर प्रणालीलाई व्यवस्थित र सुदृढ बनाउँदै दायरा बढाउने बताएका छन् । आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति पौडेलले आन्तरिक स्रोतलाई दिगो बनाइने राजस्वको दायरा बढाइने बताए ।

यस्तै, अनौपचारिक व्यावसायिक क्षेत्रलाई औपचारिक क्षेत्रमा जोड्ने, कर प्रणालीमा सुधार गरिनुका साथै आधुनिक प्रविधिको अधिकतम प्रयोग गरी राजस्व प्रशासनको दक्षता बढाइने राष्ट्रपति पौडेलले बताए । अन्तर्राष्ट्रिय भुक्तानी सेवा प्रणालीलाई अन्तरआवद्धता बढाइ विद्युतीय प्रणालीमार्फत भुक्तानीको व्यवस्था मिलाइने समेत राष्ट्रपति पौडेलले बताए ।

footer