kumari
stcnepal

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आज सकिने

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कमिटी बैठक आज सकिने भएको छ । हिजोबाट सुरु भएको बैठक आज समापन हुने भएको हो ।

बैठकमा प्रस्तुत विभिन्न प्रतिवेदन माथि १२ वटा समूह बनाएर छलफल भइरहेको छ । अध्यक्ष माधवकुमार नेपालले राजनीतिक, सम्मानित नेता झलनाथ खनालले पार्टीको समाजवादी कार्यक्रम, उपाध्यक्ष बेदुराम भुसालले विधान संशोधन र महासचिव घनश्याम भुसालले प्रस्तुत गरेको साङ्गठनिक प्रतिवेदनमाथि १२ वटा समूहमा छलफल भएको हो ।

समूहगत छलफलबाट आएका निष्कर्षलाई टोली नेताले आज प्रस्तुत गरेर बैठक समापन गर्ने सो पार्टीले जनाएको छ । ललितपुरको बालकुमारीमा जारी बैठकमा प्रस्तुत प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूका सुझाव समेत समेटेर अन्तिम रूप दिइने छ । एकीकृत समाजवादीले असार १० देखि १६ गतेसम्म काठमाडौँमा महाधिवेशनको तयारी गरेको छ ।

footer