kumari
stcnepal

एमालेले संसदीय दलको बैठक बोलायो

काठमाडौँ । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । बुधबार दिउँसो साढे १२ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्ने गरी दलको बैठक बोलाएको एमाले प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए ।

उनका अनुसार समसामयिक राजनीतिक अवस्था र सरकारको नीति तथा कार्यक्रमबारे बैठकमा छलफल हुनेछ । सरकारको नीति तथा कार्यक्रम राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार संसद्को संयुक्त बैठकमा सार्वजनिक गरेका थिए । तर प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको अवरोधका कारण संसद् अवरोध कायमै छ ।

कांग्रेसले सहकारी घोटाला प्रकरणमा गृहमन्त्री रवि लामिछाने समेत मुछिएको भन्दै संसदीय छानबिन समिति गठनको माग गर्दै आएको छ भने सत्ता पक्ष त्यसमा तयार भइसकेको छैन ।

footer