kumari
stcnepal

मदन – आश्रित स्मृति दिवस आज मनाइदैँ

काठमाडौं । नेकपा (एमाले)ले आज बिहीबार जननेता मदन भण्डारी र जीवराज आश्रितको ३१औँ स्मृति दिवस मनाउँदैछ । एमालेका तत्कालीन महासचिव भण्डारी र संगठन विभाग प्रमुख आश्रितको २०५० साल जेठ ३ गते अर्थात आजकै दिन चितवनको दासढुंगामा भएको रहस्यमय जीप दुर्घटनामा निधन भएको थियो ।

हरेक वर्ष जेठ ३ गते एमालेले विभिन्न कार्यक्रम गरी मदन–आश्रित स्मृति दिवस मनाउँदै आएको छ । एमालेले आज बिहान ७ः४५ बजे मदन नगर, बल्खुमा मदन–आश्रित स्मृति कार्यक्रम राखेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीलगायत पार्टीका शीर्ष नेताहरूले जननेता भण्डारी र आश्रितको तस्वीरमा माल्यार्पण गर्ने कार्यक्रम रहेको छ ।

रहस्यमय जीप दुर्घटनामा मदन–आश्रितको निधन भएपनि घटनाको छानबिन नभएको भन्दै पटक-पटक आलोचना हुँदै आएको छ । जीप त्रिशूली नदीमा खसेर दुर्घटना हुँदा भण्डारी र आश्रितको निधन भएको थियो भने चालक अमर लामा जीवित रहनुभएको थियो । पछि २०६० सालमा लामाको हत्या भएको थियो । लामाको हत्या भएपछि घटनाको यथार्थ अहिलेसम्म पत्ता लगाउन सकिएको छैन् ।

footer