kumari
stcnepal

प्रधानमन्त्रीको गृहमन्त्री लामिछानेलाई संसद्‌मा बोल्न दिए संसदीय छानबिन समिति गठन हुने कांग्रेसलाई प्रस्ताव

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई संसद्‌मा बोल्न दिए संसदीय छानबिन समिति गठन हुने प्रस्ताव गरेका छन् । प्रधानमन्त्री प्रचण्डले बिहीबार बिहान कांग्रेस सभापति शेरबहादुर देउवालाई टेलिफोन मार्फत उक्त प्रस्ताव पठाएका हुन् ।

सहकारी ठगी प्रकरणमा लामिछाने माथि संसदीय समिति गठनको माग राखी संसद् अवरोध गर्दै आएको कांग्रेसले प्रधानमन्त्री प्रचण्डको प्रस्तावलाई सकारात्मक रूपमा लिएको छ । कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले  भने, ‘रवि लामिछानेलाई संसद्‌मा बोल्न दिनुस् । समिति बन्छ भन्नुभएको छ । यसमा हामी सकारात्मक छौं ।’

प्रधानमन्त्री प्रचण्डको प्रस्ताव माथि पार्टीका शीर्ष नेतासँग परामर्श भइरहेको भन्दै नयाँ रणनीतिका साथ आज संसद्‌मा जाने लेखकले बताए । गृहमन्त्री लामिछाने पनि संसदीय छानबिन समिति गठनका लागि मार्ग प्रशस्त गर्न तयार देखिएका छन् । रास्वपाका सह–प्रवक्ता मनिष झाले लामिछाने गृहमन्त्रीबाट अलग भएर संसदीय छानबिन समिति गठनका लागि तयार भएको बताए ।

यस्तै लामिछानेले संसद्‌मा बोल्न पाएपछि छानबिन समितिको गठनका लागि प्रमुख घटक एमाले पनि सकारात्मक देखिएको छ । एमाले संसदीय दलका प्रमुख सचेतक महेश बर्तौला लामिछानेलाई संसद्‌मा बोल्न दिए बाँकी कुरा अगाडि बढ्ने बताए ।

footer