kumari
stcnepal

प्रतिनिधि सभाको बैठक ६ जेठ सम्मका लागि स्थगित

काठमाडौं । प्रतिनिधि सभाको बैठक ६ जेठसम्मका लागि स्थगित भएको छ । संसद् सचिवालयका अनुसार अर्को बैठक ६ गते बिहान ११ बजे बस्ने छ ।

आज बिहान ११ बजेका लागि बैठक बोलाइएको थियो । दलहरूबीच सहमति हुन नसकेपछि २ बजेसम्मका लागि बैठक स्थगित गरिएको थियो ।२ बजे पनि बैठक बस्न नसकेपछि संसद् सचिवालयले आजको बैठक स्थगित गरेको हो । संसदीय छानबिन समितिको माग गर्दै प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संसद् बैठक अवरुद्ध गर्दै आइरहेको छ ।

footer