kumari
stcnepal

संसद्मा अवरोध खुलाउने विषयमा छलफलका लागि कांग्रेसका नेताहरू बालुवाटारमा

काठमाडौँ । संसद्मा अवरोध खुलाउने विषयमा छलफलका लागि नेपाली कांग्रेसका नेताहरू बालुवाटार पुगेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले छलफलका लागि बोलाएपछि उनीहरु बालुवाटार पुगेका हुन् ।

छलफलमा कांग्रेस सभापति शेर बहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, नेताहरू कृष्ण सिटौला र रमेश लेखक लगायतका नेताहरू सहभागी छन् । कांग्रेसले उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछाने माथि सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग गर्दै संसद्मा अवरोध गर्दै आएको छ । कांग्रेसकै अवरोधका कारण बिहीबारको बैठक कार्यसूचीमा प्रवेश गर्न सकेन भने शुक्रबारका लागि बोलाइएको बैठक बस्दै नबसी स्थगित भएको थियो ।

footer