kumari
stcnepal

यो देशमा स्थायित्व कायम होस् र वामपन्थीहरुको कम्युनिष्टहरु बीचको एकता र समझदारी नयाँ उचाइमा पुगोस् : माधव नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रिय राजनीतिमा आफूहरु तमासा हेरेर बस्ने अवस्थामा रहेको बताएका छन् ।

शनिबार नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पुस्तक विमोचन कार्यक्रममा उनले राष्ट्रिय राजनीतिका घटनालाई नियालिरहेको बताए । ‘हाम्रो प्रधानमन्त्रीज्यू अत्यन्तै बिजी हुनुहुन्छ । राष्ट्रिय राजनीतिमा उहाँ भन्दा बढी बिजी कोही पनि छँदै छैन होला । हामी त खाली तमासा हेरेर बस्ने मान्छे हो । हामी यी सबै घटनालाई नियालिरहेका छौं । अवलोकन गरिरहेका छौं’, उनले भने ।

अध्यक्ष नेपालले देशमा स्थायीत्व होस् र कम्युनिस्टहरुबीच एकता र समझदारी बनोस् भन्ने आफ्नो चाहना रहेको बताए । ‘हामी चाहन्छौं, यो देशमा स्थायित्व कायम होस् र वामपन्थीहरुको कम्युनिष्टहरु बीचको एकता र समझदारी नयाँ उचाइमा पुगोस्’, उनले भने ।

footer