kumari
stcnepal

सत्तारुढ गठबन्धन र कांग्रेस बिच संसदीय छानबिन समिति गठन गर्ने सहमति, टीओआर बारे सहमति हुन भने बाँकी

काठमाडौँ । सत्तारुढ गठबन्धन र कांग्रेसबिच संसदीय छानबिन समिति गठन गर्ने सहमति भएको छ । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धन र कांग्रेसका नेताहरु बिचको बैठकमा सो सहमति भएको हो ।

बैठकमा संसदीय समितिको कार्यादेश (टीओआर)बारे सहमति हुन भने बाँकी छ । संसदीय समितिको कार्यादेश (टीओआर)बारे पनि भोलिसम्म कुरा मिल्ने कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए । लेखकका अनुसार संसदीय समितिको टिओआर बनाउने विषयलाई कानुनमन्त्री पदम गिरीसहित कांग्रेस, एमाले, रास्वपा र माओवादीका प्रतिनिधि भोलि बिहान बसेर टुंग्याउने छन् ।

कानुनमन्त्रीको नेतृत्वमा बनेको टिओआर तय गर्न समितिमा कांग्रेसबाट जीवन परियार, एमालेबाट महेश बर्तौला, रास्वपाबाट शिशिर खनाल रहेका छन् । माओवादीबाट भने प्रतिनिधि छैन । बैठकमा गृहमन्त्रीको नाम तोक्ने नतोक्नेबारे छलफल नभएको प्रमुख सचेतक लेखकले बताए। उनले उक्त विषय कार्यादेश बनाउँदा छलफल हुने बताए । सहकारीबारे संसदीय छानबिन समिति बनाउनेमा सबै दलको सहमति रहेको समेत लेखकले बताए ।

footer