kumari
stcnepal

टीओआरमा सहमति नहुँदासम्म संसद् नचलाउन सभामुखलाई प्रतिपक्षको आग्रह, गृहमन्त्री लामिछानेलाई संसद्‌मा बोल्न दिने निर्णय

काठमाडौँ । सहकारी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई संसद्‌मा बोल्न दिने निर्णय गरेको विपक्षी मोर्चाले संसदीय समितिको टिओआरमा सहमति नजुटेसम्म प्रतिनिधिसभा बैठक सञ्चालन नगर्न आग्रह गरेको छ ।

विपक्षीको यस्तो आग्रहसँगै ११ बजेका लागि तय भएको प्रतिनिधिसभा बैठक तत्कालका लागि अनिश्चित बनेको छ । नयाँ बानेश्वरमा बसेका कांग्रेस सहितको विपक्षी मोर्चाको बैठक लगत्तै राप्रपाका सांसद ज्ञानेन्द्रबहादुर शाहीले सभामुख देवराज घिमिरेलाई भेटेर टिओआरमा सहमति नजुट्दासम्म बैठक सञ्चालन नगर्न आग्रह गरेका हुन् ।

यसैबिच संसदीय छानबिन समितिको टिओआरमा सहमति जुटाउन कार्यदलको बैठक सिंहदरबार स्थित कानुन मन्त्रालयमा बसिरहेको छ । विपक्षी मोर्चाको बैठक सकेर कांग्रेस नेता रमेश लेखक पनि कार्यदलको बैठकमा पुगेका छन् । यसअघि ज्ञानेन्द्र कार्की पनि कार्यदल बैठकमा थपिएका थिए ।

footer