kumari
stcnepal

कार्यादेश कार्यदल सदस्य र सभामुख घिमिरे बिच बानेश्वरमा छलफल

काठमाडौँ । संसदीय छानबिन समितिको कार्यादेश तय गर्न सत्तापक्ष र प्रतिपक्ष दलका तर्फबाट बनेको कार्यदलका सदस्यहरू र सभामुख देवराज घिमिरेबिच संसद् भवन नयाँ बानेश्वरमा छलफल भइरहेको छ ।

संसद् कसरी सुचारु गर्न सकिन्छ भन्ने बारेमा छलफल भइरहेको सङ्घीय संसद्का प्रवक्ता एकराम गिरीले जानकारी दिए । कार्यदलका नेपाली कांग्रेसका सांसद जीवन परिवार, एमाले प्रमुख सचेतक महेश बर्तौला, रास्वपा सांसद शिशिर खनालसँग सभामुखले कुराकानी गरिरहेका हुन् । आज बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक दिउँसो २ बजे र त्यसपछि साढे ४ बजेका लागि सारिएको थियो । तर ५ बजेसम्म पनि संसद् बैठक बस्ने निश्चित भएको छैन ।

सहकारी प्रकरणमा संसदीय छानबिन समिति बनाउँदा कांग्रेसले गृहमन्त्री रवि लामिछानेको नाम उल्लेख गर्न दबाब दिइरहेको छ भने सत्तापक्षले सो विषय इन्कार गर्दै समग्र समस्याग्रस्त सहकारीको बारेमा छलफल गर्नुपर्नेमा जोड दिँदै आइरहेको छ ।

footer