kumari
stcnepal

आफ्नो नाम लेखेरै टीओआर बनाउन गृहमन्त्री लामिछानेले पठाए सन्देश

काठमाडौं । सहकारी छानबिन गर्ने संसदीय समितिको कार्यादेश टुंगो लगाउन गठित कार्यदलका सदस्य रास्वपाका सांसद शिशिर खनालले गृहमन्त्री रवि लामिछानेको नाम राखेर कार्यादेश बनाउन सन्देश पठाएकाे बताएका छन् ।

कार्यदलकाे बैठक बस्नु अघि सञ्चारकर्मीसँग कुरा गर्दै रास्वपा सांसद खनालले कार्यदलमा रास्वपाकै कारण सहमति हुन नसके कार्यदलमै नबस्ने र रवि लामिछानेकै नाम किटान गरेर कार्यादेश बनाउन सभापति लामिछानेले सन्देश पठाएको बताएका हुन् । उनले भने,‘ सभापति ज्यूले मेरै नामकै कारण त्यहाँ बाधक भए समिति नबसौला भन्नुभएकाे छ । सभापतिज्यूले पनि उहाँको नाम राखेरै कार्यादेश बनाउन निर्देशन दिनुभएको छ । उहाँको त्यही सन्देश लिएर आएको हो ।’

कानून, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीको नेतृत्वमा गठित कार्यदलको मंगलबारको बैठकमा गृहमन्त्री रवि लामिछानेको नाम नराखी कार्यादेश बनाउने सहमति नजिक पुगेको थियो । पछि कांग्रेसले असहमति जनाएपछि कार्यादेश बनाउने सहमति भँडिएकाे थियाे ।

footer