kumari
stcnepal

कैलाशसँग केको रिसिइवी : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउबारे बढ्ता होहल्ला गर्न जरुरी नरहेको प्रतिक्रिया दिएका छन् । बुधवार एक कार्यक्रमपछि ‘कैलाश सिरोहिया पक्राउ प्रकरणलाई कसरी हेर्नुभएको छ ?’ भन्ने प्रश्नमा प्रधानमन्त्री प्रचण्डले अदालतले प्रक्रिया अगाडि बढाउने दिएको आदेशबाहेक आफूले अरू कुरा नजान्ने बताए ।

‘अदालतले प्रक्रिया अगाडी बढाउ भनेपछि अदालती प्रक्रिया बुझेको छु मैले । यो बढ्ता होहल्ला गर्न जरुरी लाग्दैन मलाई’, प्रधानमन्त्रीको जवाफ छ । उनले सरकारले सिरोहियामाथि रिसइवी साँध्यो भन्ने आरोपको पनि खण्डन गरे । ‘त्यो गलत कुरा हो । उहाँ (कैलाश) सँग केको रिसिइवी ?’ प्रधानमन्त्रीको प्रश्न छ ।

गृहमन्त्री रवि लामिछाने सिरोहियाको सवालमा व्यक्तिगत रूपमै उत्रेको भन्ने भनाइमा पनि सत्यता नभएको प्रधानमन्त्रीको भनाइ छ । प्रधानमन्त्रीले भने, ‘त्यो मान्छेहरूले भन्ने कुरा मात्रै हो । अब उहाँ अदालती प्रक्रियाबाट निर्दोष हुनुहुन्छ सजिलै छुट्नुहुन्छ । यो हल भइहाल्छ ।’ सिरोहियालाई दोहोरो नागरिकता प्रकरणमा धनुषा जिल्ला अदालतले मङ्गलबार पक्राउ पुर्जी जारी गरेपछि प्रहरीले पक्राउ गरेको हो ।

footer