kumari
stcnepal

लोकतन्त्र अपराधको साम्राज्य बन्यो

 

राजन कार्की
जे छ अहंकार छ । अहंकारभन्दा पर समाज छैन, लोकतन्त्र छैन, लोकलज्जा पनि छैन ।
जे छ सत्ता छ, सत्ता स्वार्थ छ । शान्ति र समृद्ध देश बनाउने सपना तुहियो । संविधान असफल भयो । नेतृत्व असफल भए । जनविद्रोह गर्नुपर्ने दिन आयो । जनताले बिद्रोह गरेनन् भने देश असफल राष्ट्र बन्ने खतरा सन्निकट भएर गयो ।
जे छ अपराध छ, सेटिङ छ । राजनीतिमा राजनीति छैन, माफियाकरण छ । सुशासनको झल्कासम्म पनि छैन । मन्त्रीहरु सम्पत्ति बिबरण देखाए, धेरै लुकाए, जे देखाए अर्वपति हुँ भन्ने देखियो । जो सांसद छन्, तिनीहरु पनि भ्रष्टाचारमा डामिएका छन् ।
अर्थात्, राजनीति पेशा भयो, व्यवसाय भयो । राजनीति समाज बदल्ने उपाय हुनसकेन ।
राजनीतिप्रति जनतामा घृणा बढ्यो, नेताहरुप्रति जनतामा भएको आस्था म¥यो ।
नेताहरुमा म बादको पनि सीमा नाघ्यो । सीमाभित्रको हरेक सवाल उचित मान्न सकिन्छ । जब म बादले सीमा नाघ्छ, त्यो अपराध हुन्छ । नेपालमा राजनीतिक दल र दलका नेताहरूको म बाद अपराध बनिरहेको छ । अपराध संसद, सरकार, सिंहदरवार, शितल निवास सबैतिर हल्किदै गएको छ ।
सत्तामा गएर शासन गर्ने राजनीतिक दलले नै हो । दलका नेताले नै हो । जब दल दलदल बन्छ, नेता नैतिकहीन बन्छन्, तव मवादले सीमा नाघ्घ, सीमा नाघेको मवाद अपराध हुनजान्छ । नेपालको वर्तमान यस्तै अपराधबाट हरेक क्षण प्रताडित भइरहेको छ । दल र दलका नेतालाई सीमावद्ध पार्ने सार्वभौम जनताले हो । जनता यति सोझा र यति विभाजित बनाइएका छन् कि दलहरूको अपराधिक साम्राज्य देशैभरि फैलिएको छ । यसैले त कानुनलाई तर्साइन्छ, न्यायको झाँको झारिन्छ र म बाद बुर्कुसी मारेर अपराधमा रमाउन पुग्छ । नेपालमा म बाद आसुरी शक्ति बनेर जनता र देशमाथि अपराधको वर्षा गरिरहेको छ ।
जनतामा राजनीति र नेताप्रति अविश्वास बढ्ेको छ । राष्ट्रका हरेक अङ्गमा असन्तुष्टी छ । जनतामा बिद्रोह छ । लोकतन्त्र, संविधान, नेताप्रति आस्था र विश्वासमा केही पनि बाँकी छैन । हामी हरेक पल टकटकिरहेका छौं । नाङ्गो छौं र एकले अर्कोलाई नङ्ग्याइरहेका छौं । यसकारण हामी दुःखी छौं । न शासकमा सुख छ, न प्रशासकमा । न शासितमा सुख छ, न ज्ञानीहरूमा । जबसम्म हामीले ‘हामी’ भन्न सक्दैनौं र ‘म’मा सिमित हुन्छौं, कणमा रहन्छौंं, परिवर्तनको परमाणु बन्न सक्दैनौं ।
परिवर्तन भयो, केही व्यक्ति र तिनका परिवारलाई भयो । आमसमाजलाई परिवर्तन आएन ।
जन्मेपछि एकदिन मर्नुपर्छ भन्ने आत्मज्ञान कसैमा छैन । जन्म, जगत, जीवन र मृत्यु– ॐ अर्थात् सीमाहीन अनन्त…‘म’ को सीमित जीवनलीला त्यो अनन्तसम्म पुग्न सामथ्र्य राख्दैन । तर त्यो मार्ग मान्छेभित्रको ‘म’ को बिकल्पहीन मार्ग पनि हो । पृथ्वीमा अवतरण गर्दा च्याँहाँ गर्नु ॐ हो, आँखा चिम्लने स्थितिमा पुग्नु पनि ॐ हो । ॐ को गहिराई ‘ममित्रको म’ ले कहिले नाप्न सक्यो र ? त्यो सिद्धि प्राप्त गर्न नसके पनि मर्ममार्ग पवित्र छ, त्यो पवित्रतामा प्रवेश गर्नु नै प्रेमीले भनेजस्तो मानवीय मर्म मार्गको महात्म्य हो शायद । ॐभन्दा पर केही छ र…? तैपनि प्रत्येक जीव कुनै न कुनै रूपको ‘मभित्रको म’ को प्रताडनाबाट मर्माहत छ । यही ज्ञान नहुँदा राजनीति अपराध बन्यो, शासन कुशासन हुनपुग्यो । नेता कुनेता बन्नपुगे ।
ने्ताभित्र अहंकारको वास छ । हे ज्ञानी बुद्धिजीवीहरु हो, जन्मेपछि मुर्नपर्छ, रहने राम्रो काम मात्र हो भनेर राजनीतिमा लागेकालाई यत्ति बुझाइदिनुप¥यो ।
‘म’ को बास भएकाले मान्छे नासवान छ । ‘म’ र अहंको नालीबेलीको अत्तोपत्तो पाउन सकिन्न । कतै ‘म’ मैमत्ता बनिरहेको छ, कतै ‘म’ अध्यात्मको ज्योतिर्पुञ्ज बनेर धपक्क बलेको पनि देखिन्छ । मानवीयता, करूणता, कोमलता, लगनताका साथ ढुङ्गाको कापबाट रसाएको देख्दा ‘म’ स्वर्गीय रहेछ जस्तो लाग्छ । जब सुरवीरतामा ‘म’ बहुलाउँछ, बर्बराउँछ, मान्छेलाई कमिला देख्छ र मान्छेको टाउकोमा टेक्छ, ऊभित्रको आवेग, उवाल उर्लेर मानवीयता छेक्छ, त्यतिबेला लाग्छ ‘म’ महिषासुर हो । हावाको एक झोक्का हो, हुण्डरी हो, आउँछ र जान्छ । जीवन जगतमा ‘म’ सबैथोक हो तैपनि ‘मु शून्य हो, केही पनि होइन । ‘म’ केही हो जस्तो, केही पनि होइन जस्तो । मान्छे पुरूषार्थ, अहंकार, जीत र हाररूपी ‘म’ अन्तर्निहित भएर नाङ्गै आउँछ र नाङ्गै जान्छ । ‘म’ भित्र सिर्जना सन्सारको सबैथोक छ, अन्तमा केही पनि छैन ।
नयाँ नेपाल बनाउन हिडेकाहरुले यस्तो ज्ञान हासिल गर्नसके देश स्वर्ग हुनेथियो । जनता सुखी हुनेथिए ।
एउटै बीजबाट युधीष्ठिरजस्ता धर्मात्मा, धृतराष्ट्रजस्ता विवेकहीन, दुर्योधन र दुशासनजस्ता पापी र विदुरजस्ता ज्ञानी जन्मन्छन् । एउटै बीजमा यति ठूलो अन्तर कसरी सम्भव छ । आत्मा र परमात्मावीचको चमत्कारिक प्रसङ्ग, के यो प्रारव्ध हो ? अदृश्य शक्तिको खटनपटन नभए के हो ? हो भने ‘मभित्रको म’ आत्मा हो, परमात्मा हो र उसैले प्रत्येक ‘म’ लाई सांसारिक जीवनमा चलायमान गरिरहेको छ । ‘म’ रनभुल्लमा छ । शासन प्रशासनमा जे छ म मात्र छ ।
पञ्चतत्वबाट बनेको मान्छे ढुंगामा भगवान, माटोमा मातृत्व देख्छौं । हामी नास्तिक पनि छौं, आस्तिक पनि छौं । नास्तिकहरू समेत कतै शरीर वा मन दुख्दा भगवान पुकार्छन् । अन्तिम आश्रय, अन्तिम अभिष्ठ द्यौराली भञ्ज्याङ्ग हो भगवान । मन्दिर वा गुरूद्वारा, मस्जिद वा चर्च जहा’ टाउको बजार्न पुगे पनि त्यो आस्था हो, मान्छेभित्रको ‘म’ मा प्रचूर आस्था देखिन्छ । शायद ‘म’ मान्छेमा विश्वास मर्न दिदैन र त्यो विश्वास हो भगवान । मान्छे प्रकृतिको अति सुन्दरतम् सिर्जना भए पनि ऊभित्र मन परे चाट्ने, मन नपरे थुक्ने चरित्र पनि विद्यमान हुन्छ । ‘म’भित्र समताभाव हुन्न ? फेरि ‘म’ र ‘मान्छे’ किन एकाकार छ ? ‘म’ छ र ‘मान्छेु छ । यति दोहोरो चरित्र भएको मान्छे किन ‘म’ च्यापेर जन्मन्छ ? यसको कारणको रहस्य जान्नु भनेको तारणहार चिन्नु हो, चिन्न ‘म’ अझै असक्षम छ । बैकुण्ठ देख्नु र ‘म’ चिन्नु उस्तै हो कि ? त्यसैले ‘मभित्रको मु– मान्छे काँचो छ, कटमिरो छ, गुलियो–गुलियो, टर्रो, अमीलो छ । स्वाद छ, बेस्वादको पनि छ । रङ्ग छ, बेढङ्गको छ । ‘म’ शिष्ट छ, विशिष्ट छ, क्लिष्ट पनि छ । ‘म’ जति बुझ्यो, बुझ्न झन कठिन छ । मान्छे लौकिक संसार र अलौकिक स्वर्ग बुझ्न खोज्दाखोज्दै सकिन्छ । ‘मभित्रको म’ मैनवत्तीजस्तो छ, बाल्यो बल्छ, अँध्यारो चिर्दै जान्छ, अव त छ्याङ्ग उज्यालो हुनलाग्यो भन्ने बेलामा मैन सकिएर झ्याप्प निभ्छ, समाप्त ।
प्रकृति घण्टाघरको सुई हो, यही सम ‘म’ हो । समय र प्रकृतिको गतिलाई कसले, कहिले, कहाँ रोक्न सक्यो ? न यी कहिले उल्टो चले । शक्तिपुञ्ज, समय र प्रकृतिमा अदृश्य शक्ति बिराजमान छन् शायद । त्यो शक्तिले ‘म मान्छेुलाई आप्mनै गतिमा निरन्तर परिक्रमा गराइरहेको छ । चौरासी योनी यही हो कि ? समयसँगै ‘मान्छे’ र ‘म’ फुट्छ, उठ्छ, हिड्छ र लक्ष्य नपुग्दै मध्यमार्गमै छुट्छ । ‘भित्रको मु प्रकृति र समयलाई फनफनी फन्को मारेर सकिन्छ । ‘मभित्रको म’ कहिल्यै समयको महिमामय साध्य आरोहण गर्न सक्दैन । मान्छेभित्रको ‘म’मा वाल हठबल, जवानी बाहु बल, प्रौढ परिपक्वता बल, बृद्ध बुद्धि बल त हुन्छ तर त्यसभन्दा पर परमार्थ, परमात्मा बल ऊ आर्जित गर्न कहिल्यै भ्याउँदैन किनकि ‘म’ अपूर्ण छ । त्यसभन्दा अगाडि ‘म’ निर्बल, निस्तेज बन्छ । पञ्चतत्वमा बिलीन हुनपुग्छ ।
अहंकारले राजनीतिलाई अन्धो बनाइदियो । सामाजिक मान्यता, सभ्यता र शिष्टता, जिम्मेवारी र जवाफदेहीताको अन्त भएकै म बाद हावी भएर हो । जो शासन प्रशासक छन्, तिनलाई यस्तो ज्ञाने दिने ट्यूसनको व्यवस्था गरे कसो होला ?

footer