kumari
stcnepal

कार्यादेश टुङ्गो लगाउन गठित कार्यदलको आज पनि बस्ने

काठमाडौँ । सहकारी छानबिन गर्न संसदीय छानबिन समितिको कार्यादेश टुङ्गो लगाउन गठित कार्यदलको आज पनि बस्ने भएको छ । बैठक सिंहदरबारस्थित कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा बिहान ८ बजे सुरु हुनेछ ।

यसअघि हिजो बसेको बैठक निष्कर्षविहीन बनेको थियो । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नाम किटान गरेरै अनुसन्धान गर्नुपर्ने अडान राखेपछि बैठक निष्कर्ष विहीन भएको एमाले संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाको दाबी थियो । नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले बैठकमा सरकार पक्षबाट राखिएको मौखिक प्रस्तावमा नाम नराखी छानबिनको दायरा अघि बढाउन सक्ने आशय आएको र आफूहरुले अस्वीकार गरेको बताएका थिए ।

footer