kumari
stcnepal

१ केजी १०१ ग्राम कोकिन सहित महिला पक्राउ

काठमाडौँ । दुबईबाट आएकी कंगोकी एक जना महिलालाई प्रहरीले १ केजी १०१ ग्राम कोकिन सहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा कङ्गो घर भएकी ४९ वर्षीय अपुला इकुसु म्बोङ्गो छिन् ।

उनको साथबाट बरामद कोकिनको मूल्य ३ करोड ८५ लाख हुने लागुऔषध नियन्त्रण ब्युरोका एसपी रामेश्वर कार्कीले जानकारी दिए । जेठ ४ मा दुबईबाट काठमाडौँ ओर्लिएपछि ब्युरोको टोलीले उनलाई पिछा गरेको थियो । ठमेलस्थित एक होटलबाट पक्राउ गरेर उनको साथबाट ५८ पोका कोकिन बरामद गरिएको एसपी कार्कीले जानकारी दिए ।

footer