kumari
stcnepal

टीओआरमा सहमति जुटाउन शीर्ष नेता सहित कार्यदलको बैठक बस्दै

काठमाडौँ । सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको कार्यादेश (टीओआर) मा सहमति जुटाउन प्रधानमन्त्री निवास बालुवाटारमा शीर्ष नेता सहित कार्यदलको बैठक बस्ने भएको छ । अपराह्न ५ बजे कार्यदलको बैठक बस्न लागिएको एमालेबाट कार्यदल सदस्य रहेका महेश बर्तौलाले बताए ।

बर्तौलाका अनुसार टीओआरमा सहमतिको मिलनबिन्दु खोजिने छ । यसअघि बिहान बालुवाटारमै बसेको कार्यदल सहित शीर्ष नेताहरूको बैठकमा टीओआरमा सहमति नजुट्दा बैठक विनानिष्कर्ष टुंगिएको छ । कांग्रेसले टीओआरमा समस्याग्रस्त सहकारीमा मुछिएका गृहमन्त्री रवि लामिछानेको नाम, संस्था र पद उल्लेख गर्नुपर्ने अडानमा छ । सत्तापक्ष विपक्षमा उभिएका छन् । मंगलबार संसद्‌मा पेश हुने बजेट सहमतिमा नै ल्याउन सत्तापक्षले कांग्रेसलाई मनाउने प्रयास जारी राखेको छ ।

footer