kumari
stcnepal

गण्डकीमा नयाँ मुख्यमन्त्रीले आज शपथ लिँदै

पोखरा । गण्डकीमा नयाँ मुख्यमन्त्रीले आज शपथ लिँदैछन् । सर्वोच्च अदालतले कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेलाई मुख्यमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको थियो ।

उक्त परमादेश अनुसार आजै साँझसम्म गण्डकीले पाण्डेलाई मुख्यमन्त्रीका रूपमा पाउने छ । तर शपथ कतिबेला गर्ने भन्ने टुङ्गो छैन । प्रदेश प्रमुख कार्यालयले सर्वोच्चको पत्र कुरेर बसेको छ । ‘माथिबाट पत्र आएको छैन । पत्र आएपछि तयारी हुन्छ,’ प्रवक्ता चण्डी अर्यालले भने । सर्वोच्चले सोमबार राति मात्रै फैसलाको संक्षिप्त पाठ सार्वजनिक गरेको थियो । मंगलबार सार्वजनिक बिदा भएका कारण औपचारिक पत्र आज मात्र आउने छ ।

footer