kumari
stcnepal

कांग्रेस भ्रष्टहरुकै पार्टी हो त ?

 

काठमाडौ । नेपाली कांग्रेसले पछिल्लो समयमा आफ्नै कारणले गर्दा जनताको विश्वास गुमाउँदै गएको कांग्रेसकै नेताहरुले बताउन थालेका छन् । कांग्रेसका नेताहरु भ्रष्टाचारमा संलग्न भएका र केही नेताहरु नक्कली भुटानी शरणार्थी काण्डमा समेत मुछिएका हुनाले कांग्रेस भ्रष्टहरुको पार्टी भन्ने भाष्य समाजमा परेको छ ।
२०४६ सालको राजनीतिक परिवर्तनपछि सबैभन्दा बढी सत्ताको नेतृत्व कांग्रेसले नै गरेको थियो । कांग्रेस नेतृत्वकै सरकारले निजीकरणका नाममा मित्रराष्ट्रहरुले निर्माण गरिदिएका उद्योगधन्दाहरु समेत कौडीको मूल्यमा विक्रि गरेको थियो । अहिले त्यसरी विक्रि गरिएको उद्योगहरुको नाममा रहेको जग्गा विक्रि वितरण भइसकेको छ भने केही जग्गा मात्र बाँकी रहेको छ । हरिसिद्धि इट्टा तथा टायल कारखाना, भृकुटी काजग कारखाना, विरगञ्ज चीनी कारखाना, हिमाल सिमेन्ट कारखाना, कृषि औराज कारखाना, बाँसबारी छाला तथा जुत्ता कारखाना लगायत दर्जनौँ उद्योग कांग्रेसकै नेतृत्वको सरकारले विक्रि वितरण गरेको थियो ।
अहिले मुलुकलाई आवश्यक पर्ने उद्योगहरु सबै विक्रि वितरण भईसकेको अवस्थामा मुलुक पूर्ण रुपमा परनिर्भरता भएको छ । २०४६ साल सम्ममा नेपालले जापान र दक्षिण कोरियालाई ८ अर्ब भन्दा बढीको चामल विक्रि गर्ने गरेको रेकर्ड रहेको छ तर पछिल्लो समयमा नेपालले त्यही जापान र दक्षिण कोरियाबाट अबौँको चालम मगाएर खानु परेको छ ।
पञ्चायती व्यवस्थाले खोलेका उद्योग र विभिन्न सामाजिक संघ संस्थाका नाममा राखेका जग्गाहरु समेत अहिले विक्रि वितरण गरेर त्यस्ता सामाजिक संघ संस्थाहरुलाई विघटनको मुखमा पु¥याइएको छ । जसको प्रत्यक्ष प्रमाण हो नेपाल बालमन्दिरको जग्गामा भएको घोटला र व्यक्तिले लिएको फाइदा । स्व. गणेशमान सिंह श्रेष्ठकी छोरी रिता सिंह बैद्य ३० वर्षसम्म बाल मन्दिरको अध्यक्ष हुँदा व्यक्तिगत फाइदा लिएर २८ रोपनी जग्गा र नक्सालभन्दा बाहिर रहेका जग्गा बालमन्दिरका सञ्चालकहरुलाई लिजमा दिएर बालमन्दिरलाई ध्वस्त बनाइएको छ । गणेशमानकी छोरी भएकै कारण उनीमाथि कानुनी कारबाही हुन सकेको छैन । यस्तो अवस्थामा कांग्रेसले भ्रष्टाचार विरोध गर्नुको के अर्थ ?

footer