kumari
stcnepal

माधव नेपाल सँग प्रधानमन्त्री प्रचण्ड र ओलीले गरे छलफल

काठमाडौँ । कांग्रेस सभापति सहितका विपक्षी दलका नेतासँग छलफलमा बसेका नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालसँग प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले छलफल गरेका छन् ।

शुक्रवार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा नेपालसँग ओली र प्रचण्डले छलफल गरेका हुन् । भेटका क्रममा समसामयिक राजनीतिका विषयमा छलफल भएको अध्यक्ष ओलीले बताए । सो क्रममा सत्तारुढ दल भएपनि नेपाल बूढानीलकण्ठस्थित देउवाको निवासमा नेपाल पुगेको बारेमा पनि छलफल भएको बताइएको छ । नेकपा एमालेले सत्तारुढ दल भएर प्रमुख प्रतिपक्ष दलले बोलाएको विपक्षी दलहरूको बैठकमा नेपाल सहभागी भएको विषयलाई गम्भीरताका साथ लिएको छ ।

छलफलपछि बाहिरिने क्रममा अध्यक्ष ओलीले संक्षिप्त प्रतिक्रिया दिँदै भने, ‘समसामयिक परिस्थितिको बारेमा छलफल भएको हो ।’ यता, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष समेत रहेका प्रधानमन्त्रीले पार्टी संसदीय दलको बैठकमा अध्यक्ष नेपाल प्रतिपक्ष दलहरूको बैठकमा जाने कुरा आफूलाई जानकारी रहेको र सहमतिमै गएको बताएका थिए । सिंहदरबारमा भएको तीन नेताबिचको भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ । उक्त बैठकमा आइतबारबाट संसदमा सुरु हुने आगामी आर्थिक वर्षको बजेटका सम्बन्धमा पनि छलफल भएको बुझिएको छ।

footer