kumari
stcnepal

दरवार हत्याकाण्डको २३ बर्ष पुरा, हत्याकाण्ड अझै रहस्यमय

काठमाडौं । नारायणहिटी दरबार हत्याकाण्ड भएको आज २३ वर्ष पूरा भएको छ । आज तत्कालीन राजा वीरेन्द्र परिवारकै निधन भएको सम्झनामा विभिन्न कार्यक्रम गरी स्मरण गरिँदैछ ।

२०५८ जेठ १९ गते साँझ नारायणहिटी राजदरबारभित्र तत्कालीन राजा वीरेन्द्रको वंश विनास भएको थियो । राजदरबार हत्याकाण्डमा राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र, राजकुमार निराजन, राजकुमारी श्रुतीसहितको हत्या भएको थियो । दीपेन्द्रले परिवारका सदस्यहरुलाई गोली हानेको र पछि आफैँलाई गोली हानेको भनेर छानबिन प्रतिवेदन सार्वजनिक गरिएपनि त्यसको अविश्वास र आशंका कायमै छ । उच्च सुरक्षा घेराभित्र रहेको राजदरबारमा भएको हत्याकाण्ड अहिले पनि रहस्यकै गर्भमा छ ।

footer