kumari
stcnepal

४ जना डिएसपीलाई एसपीमा बढुवा गर्न सिफारिस

काठमाडौँ- नेपाल प्रहरी प्रधान कार्यालयले ४ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) लाई प्रहरी उपरीक्षक (एसपी)मा बढुवाका लागि सिफारिस गरेको छ ।

बढुवाका लागि सिफारिस हुनेमा एक नम्बरमा प्रदिपबहादुर क्षेत्री रहेका छन् । त्यस्तै बढुवा सिफारिसमा नारायण रन्जितकार, अन्नतराम शर्मा र एकनारायण कोइराला रहेका छन् ।

शुक्रबार बसेको बढुवा समितिको बैठकले जनपथ प्रहरी समूहका ४ जना डीएसपीलाई एसपीमा बढुवा सिफारिस गरेको प्रहरी अतिरिक्त महानिरीक्षक एवम् बढुवा समिति सदस्य सचिव भीमप्रसाद ढकालले एक सूचना प्रकाशन गरी जानकारी दिएका छन् ।

footer