kumari
stcnepal

दाङमा नापी र मालपोत कार्यालयमा तालाबन्दी गर्न गएका स्वर्गद्वारी गुठी पीडित किसान र प्रहरी बीच झडप

दाङ । दाङमा नापी र मालपोत कार्यालयमा तालाबन्दी गर्न गएका स्वर्गद्वारी गुठी पीडित किसान र प्रहरीबीच झडप भएको छ । झडपमा चार जना घाइते भएका छन् । घाइतेलाई राप्ती स्वास्थ विज्ञान प्रतिष्ठानमा उपचार गर्न लगिएको छ ।

स्वर्गद्वारी गुठी पीडित किसानहरुले आफूहरुका माग सम्बोधन नभएको भन्दै दाङको घोराहीमा रहेको मालपोत र नापी कार्यालयमा तालाबन्दी गर्न गएका थिए । उनीहरुले कार्यालय घेरेका थिए । प्रहरीले कार्यालय खुलाउने क्रममा बल प्रयोग गरेपछि स्थिति तनावग्रस्त बनेको छ । स्थिति नियन्त्रणमा लिने क्रममा प्रहरीले अश्रुग्याँस पनि प्रहार गरेको छ ।

जिल्ला प्रहरी कार्यलय दाङका प्रहरी प्रमुख एसपी रामबहादुर केसीले अप्रिय घटना हुन नदिन १० राउन्ड अश्रुग्याँस प्रहार गरेको बताए । उनले अहिले स्थति नियन्त्रणमा रहेकाे बताए । सरकारले आफूहरुसँग पटक–पटक सम्झौता गरेपनि कार्यान्वयन नगरेका कारण दबाबस्वरुप तालाबन्दी गर्नुपरेको गुठी पीडित किसान संघर्ष समितिका अध्यक्ष प्रभु चौधरीले बताए ।

footer