kumari
stcnepal

अध्यक्ष ओलीको गिरीबन्धु टी–इस्टेट बारे मेयर बालेन सँग सोध्न आग्रह

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गिरीबन्धु टी–इस्टेट प्रकरणबारे काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसँग सोध्न आग्रह गरेका छन् ।

सोमबार संसद् भवन परिसरमा पत्रकारहरूसँग कुरा गर्दै ओलीले टी–इस्टेटबारे बालेनलाई सोध्न आग्रह गरेका हुन् । गिरीबन्धु टी–इस्टेटबारे तपाईंमाथि प्रश्न उठिरहेको छ नि भन्ने प्रश्नको जवाफ दिंदै ओलीले भने, ‘सबै बालेन शाहलाई थाहा रहेछ । उहाँलाई नै सोध्नुस् ।’

मेयर शाहले सोमबार बिहान सामाजिक सञ्जालमा एमाले अध्यक्ष ओलीले गिरीबन्धु टी–इस्टेटको घोटाला लुकाउन जग्गा बाँड्ने प्रलोभन देखाएको उल्लेख गरेका थिए ।

footer