kumari
stcnepal

टी-२० विश्वकप : आज तिन खेल हुदैँ, नेपालले नेदरल्याण्ड विरूद्ध पहिलो खेल खेल्दै

काठमाडौं । जारी आइसीसी टी-२० विश्वकप अन्तर्गत आज तीन खेल हुँदै छन् ।

आज पहिलो खेल समूह सी अन्तर्गत अफगानिस्तान र युगान्डाबीच हुँदै छ । गुयानास्थित प्रोभीडेन्स स्टेडियममा नेपाली समय अनुसार बिहान ६ : १५ बजेदेखि सुरु भएको छ । त्यस्तै आज दोस्रो खेल समूह बी अन्तर्गतको इङल्याण्ड र स्कटल्याण्डबीच हुँदै छ । बार्बाडोसस्थित केन्सिंगटन ओभलमा हुने यो खेल नेपाली समय अनुसार राति ८ : १५ बजेदेखि शुरु हुने छ ।

त्यस्तै आज तेस्रो खेल समूह डी अन्तर्गत नेपाल र नेदरल्याण्डसबीच हुने छ । डल्लासस्थित ग्राण्ड पेरी स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार राति ९ : १५ बजेदेखि शुरु हुने छ ।

footer