kumari
stcnepal

राष्ट्रियसभाको बैठक आज बस्दै

काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दै छ । बैठक १ः१५ बजे सुरु हुनेछ ।

बैठकमा आर्थिक वर्ष २०८१-०८२ को राजश्व र व्ययको वार्षिक अनुमान माथिको सामान्य छलफल जारी रहने कार्यसूची रहेको छ । त्यस्तै अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८१-०८२ को राजश्व र व्ययको वार्षिक अनुमान माथिको सामान्य छलफलमा उठेका प्रश्नहरूको जवाफ दिने संसद् सचिवालयले जारी गरेको कार्यसूचीमा उल्लेख छ ।

त्यस्तै अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय सभाका पूर्व सदस्य खगेन्द्रराज रेग्मी, संविधान सभा सदस्य सूर्यमान गुरुङ र प्रतिनिधि सभाका पूर्व सदस्य शैयद मेहराज अहमद शाहको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख छ ।

footer