kumari
stcnepal

भारतीय लोकसभा निर्वाचन–२०२४ को अन्तिम मतपरिणाम सार्वजनिक

काठमाडौँ । भारतीय लोकसभा निर्वाचन–२०२४ को अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । कुल ५४३ सिटमा भएको निर्वाचनमा सत्तारूढ भारतीय जनता पार्टी (भाजपा) २४० सिटमा विजयी भएको छ । उसले गएको चुनावको तुलनामा ६१ सिट गुमाएको हो ।

प्रमुख प्रतिपक्षी दल भारतीय राष्ट्रिय कांग्रेस (आईएनसी)ले ९९ सिटमा जित हात पारेको छ । उसले गएको चुनावको तुलनामा ४७ सिट बढी पाएको हो । यसैगरी समाजवादी पार्टीले ३७ सिट, अल इन्डिया तृणमुल कांग्रेसले २९, द्रविड मुन्नेत्र कजगमले २२ सिट तथा तेलुगु देसामले १६ र जनता दल (एकीकृत)ले १२ सिट जितेको छ ।

footer