kumari
stcnepal

तीन संसदीय समितिको बैठक बस्दै

काठमाडौँ । आज एकै पटक तीन वटा संसदीय समितिको बैठक बस्दै छ ।

जसअन्तर्गत आज बिहान ११ बजे विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दै छ । बैठकमा सुशासन प्रवर्द्धन एवं भ्रष्टाचार निवारण सम्बन्धमा राष्ट्रिय सतर्कता केन्द्रबाट भएका कामकारबाहीहरूको बारेमा छलफल हुनेछ । त्यस्तै मध्यान्ह साढे १२ बजे बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा सार्वजनिक नीतिको आवश्यकता, महत्त्व, कार्यान्वयन अवस्था लगायत विषयहरूका सम्बन्धमा छलफल हुनेछ ।

बिहान ११ बजे बस्ने सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा लुम्बिनी विकास कोषबाट भएका कामकारबाही, प्रमुख सवाल, समस्या र भावी कार्ययोजना, समितिसँगको अपेक्षाका सम्बन्धमा छलफल हुनेछ ।

footer