kumari
stcnepal

सभामुखले कार्यसूची नहटाएपछि मुख्यमन्त्री र यादवले आजै विश्वासको मत लिने

काठमाडौं । सभामुखले कार्यसूची नहटाएपछि मुख्यमन्त्री सरोजकुमार यादवले बुधबार नै विश्वासको मत लिने भएका छन् ।

आफू अस्वस्थ भएको भन्दै मुख्यमन्त्री यादवले २८ जेठमा विश्वासको मत लिन प्रदेशसभा सचिवालयमा पत्र पठाएका थिए । तर सभामुख रामचन्द्र मण्डलले बुधबार नै मुख्यमन्त्रीले विश्वासको मत लिने कार्यसूची बनिसकेको भन्दै त्यसलाई हटाउन अस्वीकार गरे । सभामुख मण्डलले संविधान अनुसार मुख्यमन्त्रीले विश्वासको मत लिने बुधबार नै अन्तिम दिन भएको बताए । मुख्यमन्त्रीको दल जसपा नेपाल विभाजन भएको ३० दिन भएको भन्दै उनले संवैधानिक जटिलता उत्पन्न हुन सक्ने भएकाले बुधबार नै मुख्यमन्त्रीलाई विश्वासको मत लिन भनिएको जिकिर गरे ।

बुधबार दिउँसो ४ बजे बसेको प्रदेशसभा बैठकको सुरुमै कांग्रेस सांसद वीरेन्द्र सिंहले बैठकमा मुख्यमन्त्री र मन्त्री उपस्थित नभएको भन्दै बैठक स्थगित गर्न माग गरे । त्यसपछि सभामुख मण्डलले १० मिनेटका लागि बैठक स्थगित गरेका छन् । सभामुखले मुख्यमन्त्रीको पत्र अनुसार विश्वासको मत लिने समय २८ गतेलाई सार्न नमानेपछि अस्वस्थ हुँदाहुँदै पनि मुख्यमन्त्रीलाई प्रदेश सभामा बोलाएको उनको दल जनता समाजवादी पार्टी नेपालका प्रमुख सचेतक रामअशिष यादवले बताए ।

footer