kumari
stcnepal

आज बिहान पोखरामा सहकारी पीडितहरूले प्रधानमन्त्री दाहाललाई देखाए कालो झण्डा, केहि प्रदर्शनकारी पक्राउ

काठमाडौं । पोखरामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई कालो झण्डा देखाउने ११ जना पक्राउ परेका छन् । आज बिहान पोखरा सभागृहमा प्रवेश गर्ने क्रममा प्रधानमन्त्रीलाई कालो झण्डा र ब्यानर देखाउने सूर्यदर्शन सहकारीका ११ जना पीडितलाई प्रहरीले पक्राउ गरेको हो ।

‘सहकारी पीडितलाई न्याय दे’ भन्ने नारा लगाउनेक्रममा प्रहरीको कुटाइबाट दुई जना घाइते समेत भएका छन् । घाइते हुनेमा ७८ वर्षीय भीमप्रसाद चपाईँ र ३० वर्षीया अनुराधा श्रेष्ठरहेका छन् । उनीहरुलाई उपचारका लागि अस्पताल लगिएको छ । गण्डकी प्रदेशस्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रमलगायतमा सहभागी हुन मंगलबार पोखरा पुगेका प्रधानमन्त्री प्रचण्डमाथि आज बुधबार कालो झण्डा देखाइएको हो ।

footer