kumari
stcnepal

बजेटप्रति अध्यक्ष ओलीको आक्रोश

 

काठमाडौ । सत्ताको प्रमुख घटक नेकपा एमालेका अध्यक्ष केपी ओलीले सरकारले संसदमा पेश गरेको बजेटमा माओवादी केन्द्रको जनयुद्धको रङ्ग दिएको भन्दै आलोलचना गरेका छन् । त्यही कारणले गर्दा बजेट माओवादी केन्द्रतिर ढल्केको आरोप लगाएका छन् । अर्थमन्त्री वर्षमान पुनले गत हप्ता संसदमा बजेट पेश गरेका थिए । संसदको दुवै सदनको बैठकमा पेश गरेको बजेटलाई अध्यक्ष ओलीले अन्योलग्रस्त र गम्भीर त्रुटी भएको बताएका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहालले गत शुक्रबार समाजवादी उन्मुख बजेट ल्याउन अर्थमन्त्री पुन सफल भएको भन्दै त्यसको पक्षमा दृढताका साथ उभिन आफ्ना सांसदहरुलाई निर्देशन दिएका थिए । अर्को तर्फ एमाले अध्यक्ष ओलीले आफ्ना सांसदहरुलाई समर्थन र आलोचना गर्न निर्देशन दिएका छन् । बजेटमा एमालेले अस्वीकार गरेको जनयुद्धलाई सम्बोधन गरेको भन्दै अध्यक्ष ओलीले बजेटको आलोचना गरेका हुन् । यस अघि शसस्त्र संघर्ष प्रयोग गर्दै आएकोमा यस पटक बजेटका २ नम्वर बुँदामा २००७, २०४६ को आन्दोलन २०६२÷६३ को जनआन्देलन सँगै २०५२ को जनयुद्ध शब्दको प्रयोग भएकाले गर्दा अध्यक्ष ओलीले त्यसको आलोचना गरेका हुन् ।
आगामी बर्षको बजेटमा द्वन्द्वपीडित परिवारलाई पुर्नस्थापनाका लागि शान्तिकोष स्थापना गर्न १ अर्ब विनियोजन गरिएको छ । बजेटमा शसस्त्र द्वन्द्व, जनआन्दोलन तथा जनआन्दोलनका घाइते र अपाङ्ग भएकोलाई प्रदान गरिँदै आएको जीवन निर्वाह भत्तालाई निरन्तरता दिइएको छ । सत्ता गठबन्धन सरकारका तर्फबाट माओवादी केन्द्रका नेता समेत रहेका अर्थमन्त्री पुनले ल्याएको बजेटलाई अध्यक्ष ओलीले माओवादीतिर ढल्किएको बजेट भन्दै आलोचना गरेका छन् ।
अध्यक्ष ओलीले बजेटका बारेमा प्रर्याप्त छलफल र बहस समेत नगरिएको भन्दै असन्तुष्टि जाहेर गरेका र आफ्ना सांसदहरुलाई बजेटको आलोचना गर्दै समर्थन गर्न समेत निर्देशन दिएका छन् । यसरी सत्ताको ठुलो घटकलाई समेत बजेटले सन्तुष्टि दिन सकेको देखिएन ।

 

footer