kumari
stcnepal

टी–२० विश्वकप : अमेरिकाको पाकिस्तान विरुद्ध ऐतिहासिक जित

काठमाडौँ । टी–२० विश्वकपमा समूह ए अन्तर्गतको खेलमा अमेरिकाले पाकिस्तान विरुद्ध ऐतिहासिक जित हासिल गरेको छ । सुपर ओभरमा पाकिस्तान ५ रनले पराजित भएको हो ।

सुपर ओभरमा पहिले ब्याटिङ गरेको अमेरिकाले १८ रन बनाएको थियो । एरोन जोन्सले ११ रन बनाउँदा मोहम्मद आमिरले ७ रन अतिरिक्त रनका रूपमा उपहार दिएका थिए । जवाफमा पाकिस्तानले एक विकेट गुमाएर १३ रन मात्र बनाउन सक्यो । जारी विश्वकपमा कुनै पनि एसोसिएट्स सदस्य राष्ट्रले टेस्ट राष्ट्रलाई हराएको यो पहिलो पटक हो । पाकिस्तान टी–२० विश्वकपको पूर्वविजेता पनि हो । पाकिस्तानले सन् २००९ मा सम्पन्न टी–२० विश्वकपको दोस्रो संस्करणको उपाधि जितेको थियो ।

footer