kumari
stcnepal

प्रधानमन्त्री दाहाल सँग सभामुख, उपसभामुख तथा राष्ट्रियसभाका अध्यक्ष, उपाध्यक्षको छलफल

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सँग प्रतिनिधिसभाका सभामुख, उपसभामुख, राष्ट्रियसभाका अध्यक्ष, उपाध्यक्ष तथा प्रदेशसभाका सभामुख, उपसभामुखले छलफल गरेका छन् ।

प्रधानमन्त्रीको सचिवालयले दिएको जानकारी अनुसार छलफलमा कानुनमन्त्री पदम गिरी र सरकारका प्रवक्ता सूचना तथा संचारमन्त्री रेखा शर्मा पनि उपस्थित थिइन् । त्यसैगरी नेपाल सरकारका मुख्यसचिव डा वैकुण्ठ अर्याल, सङ्घीय संसद्का महासचिव पद्मप्रसाद पाण्डे र प्रधानमन्त्री तथा मन्त्रीपरिषद्का कार्यालयका सचिवको सहभागिता रहेको थियो ।

footer