kumari
stcnepal

बन्दना राणा राष्ट्रसंघीय समिति सिडमा निर्वाचित

काठमाडौं । नेपालकी बन्दना राणा महिला विरुद्ध हुने सबै प्रकारका भेदभाव अन्त्यसम्बन्धी संयुक्त राष्ट्रसंघीय समिति (सिड) को सदस्यमा पुनः निर्वाचित भएकी छन् ।

उनी दोस्रो कार्यकालका लागि सिडको सदस्यमा निर्वाचित भएको संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी मिसनले जनाएको छ । राणाले सबैभन्दा बढी १४६ मत प्राप्त गरेकी छन् । उनको सो पदमा दोस्रो जित हो ।

footer