kumari
stcnepal

टी–२० विश्वकप : श्रीलंका बंगलादेश सँग २ विकेटले पराजित

डालास । टी–२० विश्वकपमा समूह डी मा श्रीलंकाले लगातार दोस्रो हार बेहोरेको छ । शनिबार भएको रोमाञ्चक खेलमा श्रीलंका बंगलादेशसँग २ विकेटले पराजित भएको हो ।

जितका लागि पाएको १ सय २५ रनको लक्ष्य बंगलादेशले १९ ओभरमा ८ विकेटको क्षतिमा पूरा गर्‍यो । बंगलादेशका लागि तौहिद हृदोयले सर्वाधिक ४० रनको योगदान दिए । उनले मात्र २० बलमा १ चौका र ६ छक्का हिर्काए । विकेटकिपर लिट्टन दासले ३८ बलमा ३६ रनको योगदान दिए । उनले २ चौका र १ छक्का हिर्काए ।

श्रीलंकाका लागि नुवान थुसाराले ४ विकेट लिए । वानिन्दु हसर्रगाले २ तथा धनञ्जय डी सिल्भा र मथिसा पथरिनाले १–१ विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय २४ रन बनाएको थियो ।

footer