kumari
stcnepal

नेपाल – पाकिस्तान मैत्री पार्क संचालनमा

काठमाडौँस्थित पाकिस्तानी दूतावासले निर्माण गरेको नेपाल–पाकिस्तान मैत्री पार्क सञ्चालनमा ल्याइएको छ । बूढानीलकण्ठ नगरपालिका ८ मा निर्माण गरिएको पार्क हिजो उद्घाटनपछि हस्तान्तरण गरिएको नेपालका लागि पाकिस्तानको राजदूतावासले जनाएको छ ।

हस्तान्तरण कार्यव्रmमलाई सम्बोधन गर्दै नेपालका लागि पाकिस्तानी राजदूत अबरार एच हास्मीले उक्त पार्क दुई राष्ट्रबीचको चिरस्थायी मित्रताको प्रतीक रहेको चर्चा गर्नुभयो । यसले पाकिस्तान र नेपालका जनताबीच रहेको बलियो सम्बन्धलाई झल्काउने उल्लेख गर्नुभयो । पार्क सञ्चालन बूढानीलकण्ठ नगरपालिका, लायन्स क्लब अफ काठमाडौँ र एचआरएस एडभेन्चर लिमिटेडसँगको साझेदारीमा हुने बताइएको छ । राजदूत हास्मीले द्विपक्षीय सम्बन्ध विश्वास, पारस्परिक सम्मान र सांस्कृतिक आदानप्रदान र शिक्षा, स्वास्थ्य, वातावरण र औषधि लगायतका विभिन्न क्षेत्रमा सहयोगका आधारमा जोडिएको उल्लेख गर्नुभयो ।

पार्कमा ओपन एयर जिम सुविधा पनि छ । ती सामग्री बालबालिका तथा वृद्धवृद्धाले आफ्ना स्वास्थ्यको हितमा प्रयोग गर्नसक्ने दूतावासले जनाएको छ । हस्तान्तरण कार्यक्रममा वडा नम्बर ८ का अध्यक्ष सुमन तामाङ, बूढानीलकण्ठ नगरपालिकाका उपप्रमुख अनिता लामा, गभर्नर लायन हरिप्रसाद दाहाल, नगरपालिकाका वरिष्ठ प्रशासकीय अधिकृत तुलसीराम अर्याललगायतको उपस्थिति थियो ।

footer