kumari
stcnepal

त्रिभुवन विश्वविद्यालयको जग्गा खोजबिन गर्न बनेको समितिले थाल्यो काम

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको जग्गा खोजबिन गर्न बनेको समितिले औपचारिक रुपमा काम सुरू गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले समितिले आजदेखि काम सुरू गरेको जनाएको छ ।

सरकारले १७ जेठमा त्रिभुवन विश्वविद्यालय (त्रिवि)को नाममा काठमाडौं उपत्यकाभित्र रहेका जग्गाको खोजी गर्न समिति गठन गरेको थियो । सरकारले पूर्वसचिव शारदाप्रसाद त्रितालको संयोजकत्वमा त्रिविको जग्गा, भवन लगायत अचल सम्पत्तिको खोजी गर्नसमिति गठन गरेको हो । समितिलाई लगत संकलन, संरक्षण, उपभोग, व्यवस्थापन र आवश्यक अन्य कार्यका लागि अध्ययन गरी ठोस प्रतिवेदन पेस गर्न भनिएको छ ।

पूर्व सहसचिवद्वय महेन्द्रकुमार थापा र जानकीवल्लभ अधिकारी समिति सदस्य छन् भने प्रा.डा. प्रेमसागर थापा त्रिवि विज्ञ सदस्य र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका उपसचिव सदस्य सचिव रहेका छन् ।

footer