kumari
stcnepal

मधेशका नवनियुक्त मन्त्री र राज्यमन्त्रीले लिए पद तथा गोपनियताको शपथ

जनकपुरधाम । मधेश प्रदेशका नवनियुक्त वन तथा वातावरण मन्त्री त्रिभुवन साह र विनाविभागीय राज्यमन्त्री महोम्मद सकिल मियाँले पद तथा गोपनियताको शपथ लिएका छन् ।

आइतबार वनमन्त्री साहले प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीबाट र राज्यमन्त्री मियाँले मुख्यमन्त्री सतिश सिंहबाट शपथ लिएका हुन् । गत शुक्रबार मुख्यमन्त्री नियुक्त भएका सिंहले सोही दिन १० मन्त्री र तीन राज्यमन्त्री नियुक्त गरेका थिए ।

शुक्रबार जनमतबाट विनाविभागीय राज्यमन्त्री बनेकी रञ्जु खंगलाई वन तथा वातावरण राज्यमन्त्रीको जिम्मा दिइएको छ । आजको विस्तारसँगै मधेश प्रदेशको मन्त्रिपरिषद् १६ सदस्यीय भएको छ ।

footer