kumari
stcnepal

गण्डकी प्रदेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिने

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज (सोमबार) विश्वासको मत लिने भएका छन् । प्रदेश सभा सचिवालयका अनुसार दिउँसो ३ बजे बस्ने प्रदेश सभा बैठकमा उनले विश्वासको मत लिने तयारी छ ।

सर्वोच्च अदालतको फैसलासँगै ठूलो दलको हैसियतमा पाण्डे जेठ १६ गते मुख्यमन्त्री नियुक्त भएका थिए । ६० सदस्यीय गण्डकीमा कांग्रेसको २७ सिट छ ।गण्डकीमा एमालेका २२, राप्रपाका २, माओवादी केन्द्रका ८ (सभामुखसहित) र १ स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) छन् ।

footer