kumari
stcnepal

आज ४ वटा संसदीय समितिको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको चारवटा संसदीय समितिको बैठक आज बस्दैछ ।

प्रतिनिधि सभाअन्तर्गतका उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक पनि बिहान ११ बजे सिंहदरबारस्थित समितिको सभाकक्षमा बस्ने गरी डाकिएको छ । सार्वजनिक लेखा समितिको बैठक भने बिहान साढे १० बजे बस्ने कार्यसूची छ । तर, बैठकमा के विषयमा छलफल हुने हो भन्ने विषय संसद् सचिवालयले सार्वजनिक गरेको छैन् ।

यस्तै, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा विद्युतीय व्यापार विधेयक २०८० को विषयमा विज्ञसँग छलफल गर्ने कार्यसूची राखिएको छ ।शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अवस्था, कार्यक्रमको प्रगति र चुनौतीबारे छलफल हुनेछ । महिला तथा सामाजिक मामिला समितिको बैठक पनि आजै दिउँसो १ बजे बस्नेछ । बैठकमा सामाजिक समावेशीकरणको वर्तमान अवस्था र आयोगले खेलेको भूमिकाबारे छलफल गर्ने संसद् सचिवालयले जनाएको छ ।

footer