kumari
stcnepal

सरकारको चालु खाता १ खर्ब ९३ अर्ब २५ रुपैयाँ बचतमा

काठमाडौँ । सरकारको चालु खाता १ खर्ब ९३ अर्ब २५ रुपैयाँले बचतमा देखिएको छ । नेपाल राष्ट्र बैंकले १० महिनामा आधारित वर्तमान आर्थिक तथा वित्तीय अवस्थाको तथ्याङ्क सार्वजनिक गर्दै चालु खाता झन्डै २ खर्बले बचतमा रहेको देखाएको हो ।

अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ६३ अर्ब ७४ करोड रुपैयाँले घाटामा थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ४९ करोड ३६ लाखले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा १ अर्ब ४५ करोड रुपैयाँले बचतमा छ । समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर १७.२ प्रतिशतले कमी आई ५ अर्ब २६ करोड रुपैयाँ कायम भएको छ । यस्तै खुद प्रत्यक्ष वैदेशिक लगानी ६ अर्ब ९८ करोड रुपैयाँले धनात्मक छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर ६ अर्ब ३६ करोड रुपैयाँ कायम थियो ।

यस्तै गत वर्षको सोही अवधिमा खुद प्रत्यक्ष वैदेशिक लगानी ४ अर्ब ३६ करोडले धनात्मक थियो । समीक्षा अवधिमा शोधनान्तर स्थिति ३ खर्ब ९२ अर्ब ६४ करोड रुपैयाँले बचतमा छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २ खर्ब ९ अर्ब ४९ करोड रुपैयाँले बचतमा थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब ५९ करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा २ अर्ब ९५ करोडले बचतमा रहेको केन्द्रीय बैंकले जनाएको छ ।

footer