kumari
stcnepal

रेमिटेन्स आप्रवाह १९.२ प्रतिशतले बढ्यो

काठमाडौँ । रेमिटेन्स आप्रवाह १९.२ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार चालू वर्षको १० महिनाको अवधिमा १९.२ प्रतिशतले बढेर ११ खर्ब ९८ अर्ब ६० करोड रुपैयाँ रेमिटेन्स भित्रिएको हो ।

अघिल्लो वर्षको सोही अवधिमा २३.४ प्रतिशतले रेमिटेन्स आप्रवाह बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १७.१ प्रतिशतले वृद्धि भएको छ । यससँगै यस अवधिमा ९ अर्ब २ करोड डलर रेमिटेन्स भित्रिएको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १३.४ प्रतिशतले बढेको थियो ।

footer