kumari
stcnepal

पूर्व न्यायाधीश गिरीलाई ७ बर्ष कैद र ३ लाख जरिवाना

काठमाडौं । बलात्कार आरोपमा दोषी ठहर न्यायाधीस भुवन गिरीलाई सात वर्षको जेल सजाय र तीन लाख जरिवानको फैसला सुनाइएको छ ।काठमाडौं जिल्ला अदालतका न्यायाधीश दुर्गाबहादुर भुसालको इजलासले सजाय सुनाएको हो ।

जिल्ला अदालत कपिलवस्तुमा न्यायाधीश रहेका गिरीविरुद्ध उहाँकै पत्नि आरती रावलले गत वर्षको वैशाख १९ गते बलात्कार आरोप लगाउँदै मुद्दा दायर गर्नु भएको थियो । रावल र गिरीले २०७५ सालमा विवाह गर्नुभएको थियो । विवाहपछि उनीहरुको दाम्पत्य सम्बन्ध बिग्रियो । आफूलाई बन्धक बनाएर कुटपिट, घरेलु हिंसा, यौनशोषण र हिंसा, अप्राकृतिक मैथुन गरेको भन्दै रावलले पति विरुद्ध ०७९ मंसिर २ मा कपिलवस्तु जिल्ला प्रहरी कार्यालयमा उजुरी हाल्नु भएको थियो ।

footer