kumari
stcnepal

टी–२० विश्वकप : नेपाल र श्रीलंका बिचको खेल रद्द

काठमाडौँ । आईसीसी टी–२० विश्वकप क्रिकेटको नवौँ संस्करणमा बुधबार बिहान हुने भनिएको नेपाल र श्रीलंकाबिचको खेल रद्द भएको छ । अमेरिकाको फ्लोरिडास्थित सेन्ट्रल ब्रोवार्ड रिजनल पार्क स्टेडियममा नेपाली समयअनुसार बिहान ५ः१५ बजे सुरु हुनुपर्ने खेल वर्षाका कारण रद्द भएको हो ।

खेल रद्द भएपछि दुवै टोलीले १-१ अंक बटुलेका छन् । खेल रद्द हुँदा दुवै टोलीलाई अर्को चरणमा पुग्न कठिन हुने देखिएको छ । नेपालले समूह चरणको पहिलो खेलमा नेदरल्यान्ड्ससँग छ विकेटले पराजित भएको थियो भने श्रीलङ्का पहिलो खेलमा दक्षिण अफ्रिकासँग छ विकेट र दोस्रो खेलमा बङ्गलादेशसँग दुई विकेटले पराजित भएको थियो ।

आजको खेलपछि समूह चरणका बाँकी दुई खेल खेल्न नेपाली टोली वेस्टइन्डिज जानेछ । वेस्टइन्डिजको सेन्ट भिन्सेन्टमा नेपाली टोलीले यही जेठ ३२ गते दक्षिण अफ्रिका र आगामी असार २ गते बङ्गलादेशसँग खेल्नेछ ।

footer