kumari
stcnepal

झापामा २ छोरा सहित मृत अबस्थामा भेटिइन् आमा

झापा । झापाको शिवसताक्षीस्थित शुक्रबार बिहान एक घरमा दुई बालकसहित आमा मृत अवस्थामा भेटिएकी छन् ।

शिवसताक्षी नगरपालिका–३ भोटेपुल निवासी सुजन बेस्राकी श्रीमती २५ वर्षीया अन्जली बेस्रा, उनका छोराहरू ९ वर्षका बिशाल बेस्रा र ३० महिनाका आयुष बेस्रा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका एसपी मिलन केसीले जानकारी दिए ।

एसपी केसीका अनुसार महिला झुन्डिएको अवस्थामा र छोराहरू कोठाभित्रै भुँइमा लडेको अवस्थामा फेला परेका हुन् । आफ्ना दुई छोरालाई विष खुवाइ हत्या गरेपछि महिलाले आत्महत्या गरेको हुनसक्ने प्रहरीको आशंका छ । तर, थप अनुसन्धानपछि मात्र वास्तविकता खुल्ने प्रहरीले जनाएको छ ।चिकित्सक र प्रहरी टोली भर्खरै घटनास्थल पुगेको छ । मृतकमा पति सुजन वैदेशिक रोजगारीमा रहेको बताइएको छ ।

footer