kumari
stcnepal

बारामा क्याम्पस प्रमुखको गोली हानी हत्या

बारा । बाराको मोहन विक्रम रामराजा बहुमुखी क्याम्पसका प्रमुख हरि भूषण कुशवाहाको गोली हानी हत्या भएको छ ।

आदर्शकोतवाल गाउँपालिकास्थित खजुरियाका कुशवाहाको शुक्रबार साँझ अज्ञात समूहले गोली हानी हत्या गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।आदर्शकोतवाल गाउँपालिका–२ खजुरियाबाट सदरमुकाम कलैयातर्फ जाँदै गरेका कुशवाहामाथि वडा नं. ३ स्थित भतिनिया क्षेत्रमा अज्ञात समूहले गोली प्रहार गरेको थियो।

गोली लागेर घाइते भएका कुशवाहालाई उपचारका लागि न्युरो अस्पताल लगिएकोमा अस्पतालले मृत घोषणा गरेको हो । हत्यामा संलग्न दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । परीक्षमा चिट चोर्न नदिएको रिसमा हत्या भएको हुन सक्ने आशंका गरिएको छ ।

footer